काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले भारसँतको सीमा विवादबारे सरकार मौन रहेको आरोप लगाएको छ। आज शुक्रबार नेविसंघले राजधानीको नेपालटारमा विरोध प्रदशन गरेको छ।
नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय क्याम्पसको संयुक्त आयोजनामा भएको विरोध प्रदर्शन नेपालटारबाट सुरू भएर बाईपास, माछापोखरी हुँदै पुनः नेपालटारमा गएर कोण सभामा परिवर्तन भएको नेविसंघका नेता अनुराग शाहले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।
कोणसभालाई नेपाल विद्यार्थी संघ सामुदायिक क्याम्पसका अध्यक्ष परोपकार अधिकारी, नेपाल विद्यार्थी संघ आरआर क्याम्पसका सचिव अनुराग शाह, नेपाल विद्यार्थी संघ नेपाल राष्ट्रिय क्याम्पसका नेता शुशान्त सिटौला, ग्रामिण आदर्श क्याम्पसका नेता मातृका तिमल्सिना, राजेन्द्र फुयाल र दिपेन्द्र ढकाललगाएतले सम्बोधन गरेका थिए।