काठमाडौँ। सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका दैलेखका २३ वषीय पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ।
संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत रहेका पत्रकार शर्मा ७ महिना अघिदेखि बोनम्यारो रोगबाट पीडित थिए।
पत्रकार शर्माको बिहीबार काठमाडौंको सिभिल अस्पतालमा निधन भएको छ। पत्रकार शर्मा सुर्खेतको स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए।
उनको निधनमा पत्रकार महासंघले एक विज्ञप्ति मार्फत संमवेदना प्रकट गरेको छ।