‘सबैमा नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा मिलोस्’



काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।

सभापतिले देउवाले आज जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई सम्झदै अति परोपकारी शाख्वालाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको भनेका छन्।

हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सन्देशमा नेपालको आफ्नै धर्तीबाट उठेको नेपाल संवत्को नयाँ दिनले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा र सन्देश सबैमा मिलोस् भन्ने कामना गरेका छन्।