आमा देउसीमा व्यस्त, ७ वर्षीय बालक चितुवाको सिकार



तनहुँ । चितुवाको आक्रमणबाट जिल्लाको भानु नगरपालिका–२ फुस्रेटारकी सिर्जना रोक्काका सात वर्षीय छोरा ऋतिक रोक्काको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार आमा भैली खेल्न गएका बेला सोमबार साँझ घरमा बसिरहेका बालक चितुवाको सिकार भएका हुन्।

उनको शव घरभन्दा ५० मिटरमाथि जंगलमा भेटिएको थियो। दसैँको टिकाको दिनमा पनि चितुवाको आक्रमणबाट ४ बर्षिय बालकको मृत्यु भएको थियो।

नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का स्थानीय चितुवाको त्रासमा छन्। यहाँ डेढ वर्षयता निरन्तर चितुवाले आक्रमण गर्दै आइरहेको छ। यो अवधिमा ६ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइ सकेका छन्।