काठमाडौँ। यम पञ्चकको पाँचौं दिन आज देश तथा विदेशमा रहेका हिन्दुसमूदायले भाइटीका मनाइरहेका छन्। दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटिका मनाइन्छ।
पौराणिक किम्दन्तिअनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको भन्नेछ।
यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरूलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए। सोही समयदेखि यो पर्व मनाउन थालियो।