कपिलबस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु



कपिलबस्तु। कपिलबस्तुमा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएको छ। कपिलबस्तुको कृष्णनगरमा लक्ष्मीपूजाको मुर्ति विसर्जनका क्रममा भएको विवाद झडपमा परिणत भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जनाएको छ। प्रहरीको गोलीबाट स्थानीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ। मृतक पाण्डे भारतीय नागरिक भएको खुलेको छ। प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि केही राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो।

बुधबार बेलुकी सुरु भएको विवादले बिहान झन् ठूलो रुप लिएको थियो। जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले अवस्था नियन्त्रणमा लिन अनिश्चितकालसम्मका लागि कृष्णनगरमा कफ्र्यु आदेश जारी गरेको छ। मुर्ति विसर्जनका क्रममा दुई धार्मिक समूहबीच विवाद भएको थियो।