अछाम प्रहरीद्वारा अवैध मदिरा नष्ट


अछाम । जिल्ला प्रहरी कार्यालय अछाम, मेल्लेखले अवैध मदिरा नष्ट गरेको छ। प्रहरी चौकी मेल्लेखको गस्ती टोलिले जिल्लाको मल्लेख गाउँपलिका वडा नम्बर ६ षोडषा बजारका पसलहरू चेकजाँच गर्दा स्थानीय नृपबहादुर खड्काको पसलबाट न्युनगुणस्तर अवैध १२ पेटी मदिरा नष्ट गरेको हो।

अर्का स्थानीय डम्मरबहादुर बोहराको पसलबाट १ पेटी, दिपक बोहराको पसलबाट १७ पेटी गरी जम्मा ३० पेटी २७ लिटर मदिरा नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

त्यस्तै जिल्लाको कमलबजार नगरपालिका वडा नं ६ स्याउले भाई मेलाको सुरक्षार्थ खटिएको प्रहरी टोलीलले स्थानीय पसलेहरूकमा लुकाएर राखेको घरेलु मदिरा ३६ पोका, १८ लिटर मदिरा नष्ट गरेको छ।

ईलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी गस्ती टोलीले पञ्चदेवल विनायक नगरपालिका वडा २ स्थित मिनबहादुर बिकलगायत २ जना ले रामारोशन गापा कालापानीबाट विनायक तर्फ ल्याउदै गरेको अबैध घरेलु मदिरा पनि नष्ट गरिएको जनाएको छ।