प्रधानमन्त्री ओली आज अस्पतालमै बस्ने !



काठमाडौँ। आज विहान साँढे ९ बजे ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै बस्ने भएका छन्। केही अनलाइनले ‘प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण सम्पन्न’ भन्दै समाचार प्रकाशित गरेका छन्।

यसरी समाचार आएपछि हामीले प्रधानमन्त्रीका प्रेससल्लाहकार कुन्दन अर्याललेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका थियौं। अर्यालका अनुसार सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना छ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूकाे टोलिले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेको छ। प्रधानमन्त्री ओलीलाई आज विहान साँढे ९ बजे अस्पताल लगिएको थियो।