देउसीबाट उठेको रकमबाट नमूना प्रतिक्षालय निर्माण गरिने


कालिकोट। जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ८ मा नमूना प्रतिक्षालय निमार्ण हुने भएको छ। गजलकार एवं कलाकार रत्न कमल बिष्टको नेतृत्वमा सञ्चालन गरिएको देउसी भैलो कार्यक्रमबाट प्राप्त रकमबाट उक्त प्रतिक्षालय निमार्ण गरिने भएको हो।

वडा नम्बर ८ को कार्यालय भवनको अगाडि नमूना प्रतिक्षाल निमार्ण गर्न लागेको कलाकार विष्टले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। विष्टका अनुसार मंगलबार वडा अध्यक्ष लोकबहादुर बिष्टले प्रतिक्षालयको सिल्यान्यास गरेका हुन्।

सिल्यान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला स्तरीय युवा नेता चक्र बिष्ट, शिक्षक सुभराज बिष्ट, शिक्षक बजेन्द्र बिष्ट युवा गितकार तथा कलाकार भर्जन बिष्टका स्थानीयको उपस्थिति रहेको थियोे।