‘म आफैंले आन्दोलन गर्ने अवस्था नआओस्’


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः आज आन्दोलनको चेतावनी दिएका छन्। उनले मधेसको विकासका लागि आवश्यक परे आफू आन्दोलन गर्ने बताएका हुन्।

‘जनकपुर-पिपरा-जलेश्वर-भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’‘आगामी मंसिरमा हुन लागेको उपनिर्वाचन केन्द्रित मन्तव्य राखेका प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु।

१४ मंसिरमा पिपरा गाउँपालिका अध्यक्ष चयनका लागि हुने उपचुनाव आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरेका छन्। प्रचण्डले भने, ‘विगतमा पनि मैले मधेशसँग मेरो प्रेम छ भनेको थिएँ, अहिले फेरि दोहोर्‍याएर भन्छु मेरो मधेश प्रेम जारी नै छ।’