भेट्न गार्‍हो, भेटेपछि छुट्न गार्‍हो: रारा


काठमाडौँ। कवि मोहराज शर्माको एक उत्कृष्ट कविता:

कविता

भेट्न गार्‍हो,भेटेपछि छुट्न गार्‍हो – रारा

प्रेमीले प्रेमिका भेटेजस्तै
भेट्न गार्‍हो,भेटेपछि छुट्न गार्‍हो

घना जंगलको बिचमा
नीर गगनको मुन्तिर
पोखिएको नीलै मसिको तलाउ ।

प्रेमिसँगको पहिलो भेटमा
मुटु ढक्क फुल्दा
बोली नफुटेर
प्रेमको गंगामा डुबेकी
प्रेमिका जस्तै निशब्द देखिन्छन
पहिलो पटक पुग्नेहरु यहाँ ।

अझै सुन्दर देखिन
बान्की बदलिरहने प्रेमिका जस्तै
रङ्ग फेरिरहने राराको
कौमार्य क्षेद नहोस भनेर
काखैको हिमाल
पहरा दिइरहेछ ।।

तस्बिरः मोहराज शर्मा