नेपालकै दोस्रो लामो पुल निमार्ण कार्य सम्पन्न


दाङ। राप्ती नदीमा नेपालकै दोस्रो लामो पुल निमार्ण कार्य सम्पन्न भएको छ। राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने पुल पूर्वनिर्धारित समय अगावै निमार्ण सम्पन्न भएको हो।

योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार पुलको निमार्ण कार्य पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै सम्पन्न भएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए। करिब एक अर्ब रुपैयाँ लागतको उक्त पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो।

एएनके लुम्बिनी वाइपी जेभीले निर्माण गरेको पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ। नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ। गेरुवा पुल भनिने त्यसको लम्बाइ १ हजार १५ मिटर छ।