बलात्कार आरोपित नेता राई पदबाट निष्काशीत


काठमाडौ। बलात्कारको आरोपमा पक्राउ परेका अखिलका केन्द्रीय सदस्य एव स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसका सहसचिव इन्द्र हाङ राईलाई पदबाट निष्काशीत गरिएको छ।

अखिल केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका सभापति तपेन्द्रजङ शाहीले एक बिज्ञप्ति प्रकाशीत गरेर पीडितलाई न्याय दिन र नेता राईमाथी अनुसन्धानमा साथ दिने बताएका छन्।

बिज्ञप्ति

१८ वर्षकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका हुन।  पीडित किशोरीको बयान र उजुरीका आधारमा अखिलका केन्द्रीय सदस्य राईलाई महानगरीय प्रहरी वृत्त बौद्धले आज मङ्गलबार बिहान पक्राउ गरेको हो।

पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा ‘काम छ, आउन’ भन्दै राइले बोलाएर आफूलाई गोकर्णेश्वर–६ माकलबारीमा रहेको राईकै साथीको कोठामा लगी बलात्कार गरेको उल्लेख छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार आरोपितलाई पक्राउ गरी अनुसनधानको काम भइरहेको छ।